सांसद राईकाे पहलमा ‘उज्यालो सोलुखुम्बु’का लागि झन्डै १ अर्ब ६० करोडको टेन्डर आह्वान

सोलुखुम्बु । जिल्लाको विद्युतीकरणका लागि १ अर्ब ५९ करोड ७२ लाख बराबरको टेन्डर आह्वान भएकाे छ । प्रतिनिधि सभा सांसद हेमकुमार राई ‘सुरवीर’ को पहलमा जिल्लाको विद्युतीकरणका लागि विनियोजित बजेट बराबरको टेन्डर बिहीबार आह्वान भएकाे हाे । याेसँगै आफ्नाे ‘उज्यालाे साेलुखुम्बु’ काे सपना पूरा हुने क्रममा रहेकाे सांसद राईले बताए । ‘उज्यालाे साेलुखुम्बुकाे सपना पूरा हुने क्रममा छ । विगत १७/१८ महिनायता यही कसरतमा हामी थियाैँ,’ सांसद राईले मकालुखबरसँग भनेका छन् ।

यसअघि ‘उज्यालो सोलुखुम्बु’ अभियानकाे घोषणा पनि सांसद राईकै पहलमा भएकाे थियाे । यसपछि जिल्लामा २०७६ सालमा विद्युत वितरण केन्द्र स्थापना भएको थियो । त्यसयता ग्रामीण विद्युतीकरणअन्तर्गत धेरै काम सम्पन्न भएका छन् । सोलु करिडोर आयोजनामार्फत हालसम्म ४ हजारभन्दा बढी घरमा राष्ट्रिय प्रशारण लाइन जडान भएकाे छ । यस्तै देउसा, खुम्बुलगायतमा ३३ केभी सब्स्टेसन निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

जिल्लालाई पूर्ण विद्युतीकरण कार्यक्रममा समावेश गरी अहिलेसम्मै सबैभन्दा बढी बजेट विनियोजन गर्न सफल भनाइ सांसद राईकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *