नेपाल राष्ट्र बैंकले ३० अर्ब तरलता पठाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा ३० अर्ब तरलता पठाउने भएको छ ।

शनिबारदेखि लगातार ८ दिन सार्वजनिक बिदा रहेकोले उक्त अवधिमा आवश्यक तरलताको व्यवस्थापन गर्न १४ दिन अवधिका लागि उक्त रिपो जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।

बिहीबार बोलकबोल भएर बिहीबार नै जारी हुने उक्त रिपोका लागि बैंकहरुले न्यूनतम १० करोड वा सोभन्दा माथि १० करोडले भाग जाने अंकमा अवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

उक्त रिपोको अवधि २७ असोजसम्म रहनेछ । बिहीबार नै खुला बजार कारोबारसम्बन्धी विनियमावली संशोधन गर्दै स्थायी तरलता सुविधासम्बन्धी व्यवस्थामा दशैंमा हुने लामो बिदामा सहजीकरण गर्ने व्यवस्था गरेको थियो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *