राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता सभा आज

काठमाडाैँ । विवेकशील साझा पार्टी परित्याग गरेका नेता रवीन्द्र मिश्र समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज पार्टी एकता घोषणा सभा हुँदैछ । विवेकशील साझा पार्टी त्यागेका मिश्र र उनीनिकट नेताहरू आज राप्रपामा प्रवेश गर्न लागेका हुन् ।

आज दिउँसाे एक बजे काठमाडाैँकाे राष्ट्रिय सभागृहमा एकता घाेषणा सभा हुँदैछ । मिश्रलाई राप्रपामा वरिष्ठ उपाध्यक्ष पद दिने सहमति भएकाे बताइएकाे छ । राप्रपाका प्रवक्ता माेहन श्रेष्ठका अनुसार मिश्रसँगै विवेकशील साझाका नेता शरदराज पाठकलगायतकाे ठूलाे समूह पनि राप्रपामा प्रवेश गर्दैछ ।

मिश्रले साेमबार मात्रै विवेकशील साझा पार्टीकाे साधारण सदस्यबाटै राजीनामा दिएका थिए । उनले नयाँ पार्टीमा प्रवेश गर्नुपर्ने भयाे भन्दै राजीनामा बुझाएका थिए । मिश्र यसपटक काठमाडाैँ-१ बाट चुनाव लड्ने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *