विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना

विराटनगर । विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ।  पर्यटन दिवसको अवसर पारेर उद्योग  वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो । विराटनगरमा मंगलवार एक कार्यक्रममा बिच उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष तथा मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले सूचना केन्द्रको उद्घाटन गर्दै प्रदेशमा पर्यटनका हरेक गतिविधि र तथ्यांकहरु प्रदेश सूचना केन्द्रमा हुने बताए ।

प्रदेश १ पर्यटनको प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको बताएका उनले भारतको उत्तर प्रदेश, बंगाल, विहार लगायतका क्षेत्रबाट नेपालमा घुम्न आउने पर्यटकको तथ्यांक राख्ने प्रचार सामाग्री उपलब्ध गराउने तथा पर्यटकीय क्षेत्रको गन्तव्य सहितको नक्सा केन्द्रमा राख्ने उनले बताए ।

उनले पर्यटक लक्षित सूचना केन्द्रलाई प्रभावकारी बनाइने बताए । हवाईजहाजबाट तथा सडक मार्ग दुवै मार्गबाट आउने पर्यटकहरूको रेकर्ड सूचना केन्द्रमा हुनेगरि व्यवस्था मिलाउनको लागि प्रदेश सरकार र पर्यटन बोर्डसँग समन्वय भइरहेको बताए ।

प्रदेश १ को पर्यटनको क्षेत्र भनेको धार्मिक क्षेत्र भएकोले धार्मिक पर्यटनलाई जोडेर जानुपर्ने उनले बताए । ‘भारतीय पर्यटकलाई नेपाल प्रवेश गरेपछि नफर्किँदासम्म स्टिकर लगाउनु पर्छ भनेर हामीले भनिरहेका छौँ, उनले भने, प्रदेशमा प्रभावकारी सूचना केन्द्र बनाउनको लागि प्रयास भइरहेको छ।’
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योगी अभिनाश बोहराले पर्यटनलाई अघि बढाउँदा मात्र पनि प्रदेश १ ले धेरै फाइदा लिन सक्ने बताए । ‘हामीले इमिग्रेसन ल्याउनु पर्छ भनेर पटक पटक भन्दै आएका छौँ, उनले भने, प्रदेश १ को सम्पत्ति भनेको सगरमाथा हो हामीले विराटनगरबाट ठूलो संख्यामा पर्यटक  त्यहाँ पुर्‍याउन सक्छौँ ।’

उनले शिक्षा, स्वास्थ्य क्षेत्रसँग जोडेर पनि प्रदेश १ को विराटनगर पर्यटनको लागि हब भएको बताए ।  उनले प्रदेश १ को सूचना केन्द्र एकदमै महत्त्वपूर्ण भएको बताए । पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठले नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहकार्यमा सूचना केन्द्र सञ्चालनमा ल्याइएको बताए । यो अभियानमा प्रदेश १ भित्र रहेका १६ वटा पर्यटनसँग सम्बन्धित संघ संस्थाको पनि समन्वय रहेको उनले जानकारी दिए ।

काँकडभिट्टा, पशुपतिनगरसँगै विराटनगरमा  पर्यटकको तथ्यांक लिनको लागि सूचना डेस्क सञ्चालनमा ल्याउने तयारी भएको श्रेष्ठले बताए । आज उद्घाटन भएको पर्यटन सूचना केन्द्र दुई महिना भित्र पूर्ण सञ्चालनमा ल्याउने तयारी छ । सूचना केन्द्र सञ्चालनका लागि प्रदेश सरकारसँग एक जना कर्मचारी व्यवस्थापन गरिदिन माग गरिएको सोही अवसरमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *