गोकर्णेश्वरमा औषधि पसलकाे अनुगमन तीव्र (तस्बिरहरू)

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेको औषधि पसलहरूकाे अनुगमनमा तीव्रता दिएकाे छ । मंगलबार आज पालिकाको वडा नं. ६ मा रहेको १५ औषधि पसल तथा  क्लिनिकहरूमा अनुगमन गरिएको हाे ।

अनुगमन गर्दा आवश्यक कागजपत्र नभएका ३ वटा औषधि पसल र दुईवटा चस्मा पसल (आँखा क्लिनिक) लाई १५ दिनभित्र आवश्यक कागजपत्र बनाउन समयसीमा दिइएकाे वडा नं. ६ का वडाध्यक्ष नवराज लामाले मकालुखबरलाई जानकारी दिए ।

अनुगमनमा पालिकाको स्वास्थ्य शाखाका कर्मचारीहरु, वडा सदस्यहरु र नगरप्रहरी बलको उपस्थिती रहेको थियो । अनुगमनमा बन्द गराइएका औषधी पसल तथा क्लिनिकका संचालकहरु आबस्यक कागजपत्र बनाउनको लागी नगरपालिकाको सम्पर्कमा आइसकेको स्वास्थ्य शाखाका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए । अनुगमन कार्यक्रम वडा नम्बर ६ का वडाध्यक्ष नवराज लामाको संयोजकतवमा भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *