विवेकशील साझा त्यागेका रवीन्द्र मिश्र भोलि राप्रपा जाने
२०७९ असोज ११ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टी छोडेका रवीन्द्र मिश्र समूहबीच एकता हुने भएको छ । मिश्रको नेतृत्वमा वृहत् ध्रुवीकरण पक्षधर समूहलाई राप्रपामा भित्र्याउने घोषणासभा आयोजना भोलि हुने भएकाे हाे ।
यसअघि मिश्रले स्थानीय निर्वाचनपछि विवेकशील साझाको अध्यक्ष र सोमबार साँझ विवेकशील साझाको साधारण सदस्यबाट राजीनामा दिएका थिए । मिश्रले विवेकशील साझामा ‘विचार माथि देश’ दस्ताबेज सार्वजनिक गरेपछि पार्टीमा विवाद बढेको थियो ।
पार्टीको विवादकै बिचमा उनले राप्रपा प्रवेशको छलफल शुरु गरेका थिए । मिश्रले राजतन्त्रको पक्षमा वकालत गर्न शुरु गरेपछि विवेकशील साझाका संयोजक मिलन पाण्डे समूहले उनको विरोध गरेको थियो । अब मिश्र राप्रपामा उपाध्यक्ष बनेर प्रवेश गर्न लागेको बुझिएको छ ।
२०७९ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित








