मनास्लु हिमपहिरो अपडेट : फसेका २ जनाको उद्धार

पोखरा । गोरखाको मनास्लु हिमालमा सोमबार बिहान झरेको हिमपहिरोमा बेपत्तामध्ये २ जनाको उद्धार गरिएको छ । हिमपहिरोमा पुरिएकामध्ये २ जनालाई उद्धार गरी हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडाैँ पठाइएको छ । दुवैजनाको अवस्था भने जटिल रहेको गोरखा प्रहरीले जनाएको छ । उनीहरू पहिचान गर्न सक्ने अवस्थामा छैनन् ।

मनास्लु हिमाल चढ्न गएका ३ सय ३३ जना आधार शिविर पुगिसेका छन् । हिमपहिरोमा दावा शेर्पा, पुरित शेर्पा, निङमा दोर्जे शेपा, लाक्पा तामाङ र जितबहादुर शेर्पा बेपत्ता भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *