मनास्लु आराेहणका क्रममा ५ आराेही बेपत्ता, खाेजी कार्य जारी

काठमाडाैँ । मनास्लु हिमाल आरोहणका लागि गएका पाँच जना नेपाली आरोही बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, गोरखाकाअनुसार सोमबार बिहान ११ बजेको समयमा खसेको हिमपहिरोमा पुरिएर उनीहरू बेपत्ता भएका हुन् ।

हिमपहिरोमा बेपत्ता हुने आरोहीहरूमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन् । त्यसतर्फ प्रहरीकाे टाेली प्रस्थान गरेकाे छ । उनीहरूकाे खाेजी कार्यका लागि हेलिकोप्टरसमेत परिचालन गरिएकाे गाेरखा प्रहरीका एसपी केदार खनालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *