हनुमानढोका दसैँ घरमा राखियो जमरा (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको वसन्तुपरस्थित हनुमान ढोका दरबारमा रहेको दसैँ घरमा विधिवत् रूपमा घटस्थापनासहित जमरा राखिएको छ । हर्षबढाइँ र विशेष पूजासहित बिहान १० बजेर २३ मिनेटको साइतमा हनुमानढोका दसैँ घरमा जमरा राखिएको हो ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने बडादसैँ सोमबारदेखि शुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ ।

बडादसैँको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *