सडेका र किरा परेको दही भेटियो 

विराटनगर । विराटनगर महानगरपालिकाका डेरी उद्योगहरू नियम विपरीत सञ्चालन भएको पाइएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ४ मा रहेको शिवम् डेरी र वडा नम्बर १ मा रहेको जीवन विकास डेरी प्रोडक्सले अखाद्य वस्तु राख्ने विक्री वितरण गर्ने गरेको पाइएको हो ।

विराटनगर महानगरपालिकाले विभिन्न समयमा गरेको अनुगमनको क्रममा मापदण्ड विपरीत सञ्चालन गरेको पाइएको हो ।  आइतबार विराटनगर महानगरपालिकाले वडा नम्बर ४ मा रहेको शिवम डेरी उद्योगमा अनुगमनको क्रममा सडेको,  किरा परेको दही फेला पारेको छ ।

प्लास्टिकका भाडाहरू प्रयोग भएको, प्रयोगशालामा उत्पादित पदार्थको विश्लेषण रेकर्ड नभएको, कोल्ड रुममा तरकारी राखिएको पाइएको अनुगमन समितिले जनाएको छ । एसीबाट पानी लिकेज भएको, किरा मरेको दही ३ ड्रम अर्थात् (६० केजी ) फेला परेको अनुगमन अधिकृत विराटनगर महानगरपालिका आर्थिक महाशाखा प्रमुख दीपक पौडेलले जानकारी दिए ।  किरा परेको ६०  लिटर दही र आधा लिटरको ३६ प्याकेट उत्पादन मिति प्रस्ट नभएको दही महानगरको टोलिले नष्ट गरेको उनले बताए ।

त्यस्तै नियमित बजार अनुगमनको क्रममा करिब ४ दिन पहिला जीवन विकास डेरी प्रोडक्ट्स उद्योग प्रा.लि  विराटनगर  १ मा रहेको डेरीमा पनि फोहोर रहेको फेला पारेको थियो ।  डेरीको मिल्क रिसिभिङ सेक्सनमा फोहोर रहेको, कामदारले प्लास्टिकको भाँडोमा हातले दूध घोल्दै गरेको, झिँगाहरू उडिरहेको साथै पानी उद्योग फिलिङ रुमको ढोका खुल्ला रहेको फेला पारेको थियो ।

पानीको जार भर्ने कक्ष नभएको, जार भर्ने ठाउँमा खाली बोतलहरू राखिएको, जार फिलिङ गर्ने ठाउँमा लिकेज भेटिएको थियो । साथै लेबलिङ नगरिएको पानीहरू नष्ट गरिनुका साथै दूध घोल्दै गरेको प्लास्टिकका भाडाहरू जफत गरी  उक्त  उद्योगमाथि कारबाही थालिएको पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *