भरतपुरका सडकमा स्मार्ट लाइट, महानगर प्रमुख रेनु दाहालद्वारा उद्घाटन

चितवन । भरतपुरमा स्मार्ट लाइट जडान कार्य सकिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भतरपुर–२५ को अमृतचोकमा लाइटको स्वीच थिचेर उद्घाटन गरिन् । पहिलो चरणमा ७८ दशमलव १ किलोमिटरमा १ हजार ९३३ वटा स्मार्ट लाइट जडान भएको छ । एक वर्षअघि नेपाल विद्युत् प्राधिकरण र भरतपुर महानगरपालिकाले संयुक्तरूपमा याे कार्यको थालनी गरिएको थियो ।

भरतपुर–२५ बाटै स्मार्ट लाइट जडानको कार्य शुरू गरिएको थियो । उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले महानगरलाई सुन्दर, शान्त, स्वच्छ, समृद्ध र उज्यालो शहर बनाउने उद्देश्यले स्मार्ट लाइट जडान गरिएको बताइन् । मेयर दाहालले अब दोस्रो चरणमा १५० किमीमा स्मार्ट लाइट जडानको तयारी गरिएको उल्लेख बताइन् । दोस्रो चरणको स्मार्ट लाइट जडान हुदाँ भरतपुरका सबै मूख्य सडकमा स्मार्ट लाइट जडान हुने उनको भनाइ छ । महानगरपालिकाले दशैअघि स्मार्ट लाईट बाल्ने गरी कामलाई अगाडि बढाउन पहल गरेको थियो ।

नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले स्मार्ट लाइटको नियन्त्रण सफ्टवेयरबाट गर्न सकिने भए पनि सांकेतिक रुपमा स्वीच थिचेर उद्घाटन गरिएको जानकारी दिए । लाइटलाई चम्किलो र मधुरो, लाईट बाल्न र खोल्न मोबाइलबाट सकिने छ । लाइटको अवस्थाको बारेमा सफ्टवेयरबाट गर्न सकिने भएकाले मर्मत गर्न र लाईट बन्दै गर्दै हिँडन् पर्दैन । स्मार्ट सडक बत्तीहरू कर्मचारीबाट फिल्डमै गएर बाल्ने र बन्द गर्ने गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *