प्रदेश नं. १ : दलभित्र सन्तुलन मिलाउन मुख्यन्यायाधिवक्ता परिवर्तन, मुख्यमन्त्रीको दबाबपछि राजीनामा दिएकाे श्रेष्ठकाे प्रष्टाेक्ति

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्रीले मुख्यन्यायाधीवक्ता परिवर्तन गरेका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यन्यायाधिवक्ता भोजराज श्रेष्ठलाई राजीनामा गर्न लगाएका हुन् । उनले श्रेष्ठलाई राजीनामा दिन लगाएसँगै मुख्यन्यायाधिवक्तामा खोटाङका परिवर्तन राईलाई नियुक्त गरेका छन् ।

आइतबार प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेश १ को मुख्यन्यायाधिवक्ता पदमा परिवर्तन राईलाई नियुक्त गरेको उल्लेख गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री राईले पार्टीभित्रको आन्तरिक कलहलाई व्यवस्थापन गर्न मुख्यन्यायाधिवक्ता चलाएका हुन् । म्यादी प्रहरी जसरी असारमा नै राजीनामा दिन भनिएको भएपनि पछिल्लो समय आएर मात्र मुख्यन्यायाधिवक्ता भोजराज श्रेष्ठले मुख्यमन्त्रीलाई राजीनामा दिएका छन् । पटक-पटकको दबाबपछि श्रेष्ठले राजीनामा दिएको मुख्यन्यायाधिवक्ता कार्यालय श्रोतले जनाएको छ । राजीनामा दिएका मुख्यन्यायाधिवक्ता श्रेष्ठले आफूले पदबाट राजीनामा दिएको बताएका छन् ।  ‘मुख्यन्यायाधिवक्तामा नियुक्त हुँदैगर्दा १६ जनालाई पछि लगाई नियुक्त भएको थिएँ ।  अरुलाई पालो दिनुपर्ने भन्दै दबाबदिएपछि राजीनामा दिएँ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *