लालबाबुकाे दाबी- ‘सबैभन्दा धेरै बजेट ल्याएर क्षेत्रको विकास गरेँ’

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितले आफ्नाे निर्वाचन क्षेत्रमा देशकै सबैभन्दा धेरै बजेट ल्याएकाे दाबी गरेका छन् । देशकै सबैभन्दा बढी बजेट मोरङ निर्वाचन क्षेत्र नं. ६ मा आएको र क्षेत्रभित्र पनि बुढीगंगा गाउँपालिकामा धेरै बजेट ल्याएर कामहरू गर्न सफल भएको दाबी गरेका हुन् । विकास सबैभन्दा बढी आफ्नो निर्वाचन क्षेत्रमा भएको दाबी पण्डितले गरेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिकामा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले राम्रो विकासको काम गर्दा गर्दै पनि पुगेन भन्नुलाई सामान्य रूपमा लिनुपर्ने र आगामी दिनमा त्यसलाई थप परिस्कृत र सुधार गरेर जाने बताए । निर्वाचनमा परिणाम आफ्नो पक्षमा ल्याउने कुरामा कुनै शंका नरहेको पण्डितको दाबी छ । तराई-मधेश समृद्धि कार्यक्रम पहिलो पटक डिजाइन गरेर आफूले ल्याउन सफल भएकोले त्यसको आधारमा अहिले जातिगत र क्षेत्रगतरूपमा सामुदायिक भवन, झोलुङ्गेपुल र सडक पूर्वाधार निर्माणको काम धेरै गर्न सफल भएको पनि पण्डितले बताएका छन् । उनले चुनाव परिचलन कमिटी बनाए, घर घरमा हिँड्नु अहिलेको आवश्यकता रहेको बताउँदै उनले काेही कतैपनि रूने कराउने काम नगरी अघि बढ्न उनले कार्यकर्तालाई आग्रह गरे

नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ प्रदेश ‘ख’ का उम्मेदवारका आकांक्षी परशुराम बस्नेतले स्थानीय तहको निर्वाचनले एमालेलाई बलियो स्थापित गरेकोले आगामी निर्वाचनमा एमाले बलियो बनेर निस्कने दाबी गरे । अहिलेको गठबन्धनलाई केही अवसरवादी र राष्ट्रघातिहरूको गठबन्धन भएको बताएका बस्नेतले एमाले शक्तिशाली रूपमा अघि बढेको बताए । एमाले भित्र तितामिठा कुरालाइ भुलेर अघि बढ्नु पर्ने बताए ।

एमाले परित्याग गरि नेकपा एकिकृत समाजवादीमा गएका तात्कालिन वडाध्यक्ष रमेश खनाल एमालेमा फर्किएका छन् । नेकपा एमालेबाट पार्टी परित्याग गरि नेकपा माओवादीमा गएका बलभद्र सरदार थारूका छोरा कमल चौधरीले नेकपा एमालेको भरोसा अफ्नो बुबाले तोडेको बताए । हिजो देखिको आशा र भरोसाको केन्द्र एमाले भएपनि अहिले आएर पार्टी फेर्नुलाई उनले उनले गलत भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *