आजदेखि सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा हरिकृष्ण !

काठमाडाैँ । आइतबारदेखि सर्वोच्च अदालतको नेतृत्व हरिकृष्ण कार्कीले गर्ने भएका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की बिदा हुने भएपछि कामु प्रधानन्यायाधीशकै रूपमा हरिकृष्णले जिम्मेवारी पाउने भएका हुन् । दीपकुमार आजै ३ बजे सर्वाेच्च अदालतबाट बिदा हुँदैछन् । उमेरहदका कारण उनले अवकाश लिँदैछन् ।

हरिकृष्ण मंसिर २७ पछि भने प्रधानन्यायाधीश बन्ने छन् । हरिकृष्ण २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । त्यसअघि २०६८ सालमा उनी महान्यायाधीवक्ता भए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनलाई महान्यायाधीवक्ता बनाएका थिए । हरिकृष्णले आगामी २०८० भदौ २५ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्न पाउने छन्  । २०१५ भदौ २५ गते जन्मिएका हुन् । त्यसपछि उनी न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण अवकाश हुनेछन् ।

कार्कीले साढे ७ महिना सर्वोच्चको नेतृत्व गरे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लागेर निलम्बनमा परेसँगै बरिष्ठतम् न्यायाधीश रहेका कार्कीले सर्वोच्चको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

नभए उनी न्यायाधीशकै रूपमा असोज १७ गतेदेखि अवकास हुने थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *