सुर्खेतमा दशैँ सरसफाई उत्सव मनाइयाे

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार दशैँ सरसफाई उत्सव आयोजना गरिएकाे छ। वीरेन्द्रनगरमा विभिन्न ब्यानर र गीतका माध्यमबाट सचेतना फैलाउँदै सरसफाइ गरी उत्सव मनाइएकाे हाे ।

‘क्लिन एण्ड ग्रिन सुर्खेत’ अभियानअन्तर्गत सुर्खेत उद्योग वाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका र वीरेन्द्रनगर नगरपालिका वडा नं ६ को आयोजना तथा अन्य संघ संस्थाको समन्वयमा भएको सरसफाई कार्यक्रम वीरेन्द्रनगरको मंगलगढीबाट सुरु भएर वीरेद्रचोक हुँदै पिपलचौतार गएर समापन भएको थियो ।

‘क्लिन एण्ड ग्रिन सुर्खेत’का अभियन्ता डा. नवराज केसीले फोहोर उठाउने उत्सव कुनै पनि चाडपर्वको अगाडि मनाउनु पर्ने र फोहोर उठाउनु पनि उत्सव भएको बताए । फोहोरले महामारीको रुप लिएकोले यसको व्यवस्थापनमा सबैलाई एकजुट हुन आव्हान गर्दै सहभागीलाई धन्यवाद दिए ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले यो अभियानलाई निरन्तरता दिनुपर्ने र सबैले सहयोग गर्न अपिल गरे। साथै फोहोर जथाभाबी फालेको खण्डमा कानुन बमोजिम कारबाही हुने बताउँदै सरसफाइलाई ध्यान दिन नसके हाम्रो पहिचान हराउँदै जाने र सफा सुन्दर नगर बनाउने यो अभियानबाट पछिल्लो पुस्तालाई पनि मार्ग निर्देश गरेको बताए ।

सरसफाई उत्सवमा वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, विभिन्न संघ संस्था, विद्यार्थी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *