खुश्वुले जितिन् मिस मुस्ताङको ताज

पोखरा । मुस्ताङमा भएको मिस मुस्ताङको ताज मार्फाकी खुश्वु ज्वारचनले जितेकी छिन् । शनिबार भएको ग्राण्ड फिनालेमा ५ प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी हुन् ।

मुस्ताङको घरपझोङ र थासाङका युवतीहरुबीच बर्सेनि यो प्रतिस्पर्धा हुँदै आएको छ । त्यहाँका ८ क्लबका प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

प्रतियोगिता अन्तर्गत जनहित क्लबकी प्रतिस्पर्धी सपना राइ फस्र्ट रनरअप र सिक्स सोल्टिज क्लबकी निशा मगर सेकेण्ड रनरअप भइन् । मिस मुस्ताङको पहिलो राउण्डबाट ८ प्रतिस्पर्धीमध्ये उत्कृष्ट ५ छनौट गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =