महोत्तरीमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका १ स्थित बाँसघारीमा एक महिलाको बीभत्स गरिएको अवस्थामा शव फेला परेको छ । स्थानीय मो. अनसारुल अन्सारीकी श्रीमती ४० वर्षीया अमाना खातुनको शव फेला परेको हो ।

शुक्रवार बिहान खेत गएकी उनको हत्या गरिएको अवस्थामा राति शव फेला परेको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले जानकारी दिए । घटनास्थलमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट इन्स्पेक्टर उमाशंकर साहको टोली पुगेर अनुसन्धान सुरु गरेका छन् ।

बलात्कारको प्रयास भएको र प्रतिकार गर्दा उनको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल लग्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *