भारतले अष्ट्रेलियालाई हरायो

काठमाडौँ । दोस्रो टी-२० खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएसँगै भारतले तीन टी-२० आइमा १-१ को बराबरी गरेको छ ।

नागपुरमा शुक्रबार राति वर्षाले खेल प्रभावित हुँदा ८ ओभरको खेलाइएको थियो । ९१ रनको लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका कप्तान रोहित शर्माले सर्वाधिक ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० रन बनाए अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनायो । अष्ट्रेलियाका म्याथ्यु वेडले सर्वाधिक ४३ रन बनाए । यस्तै, कप्तान आरोन फिन्चले ३१ रनको योगदान गरे । भारतका अक्षर पटेलले २ विकेट लिए । अन्तिम टी-२० आइतबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *