न्युरोड जान खुलामञ्चमा सवारी पार्किङ गर्नुपर्ने

काठमाडौँ । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनहरुलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ । आजदेखि फुलपातीसम्म सो व्यवस्था गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको उल्लेख गरेको छ ।

कार्यालयले चाडवाडमा दुर्घटनारहित यात्राका लागि शुभकामना व्यक्त गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई कम गर्न यो व्यवस्था जारी गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =