मण्डलामा ‘२४ मा १२’ (तस्बिरहरू)

काठमाडौँ । थापागाउँ नयाँ बानेश्वरस्थित मण्डला नाटकघरमा अहिले ‘२४ मा १२’ मञ्चन भइरहेको छ । समाजमा हुने गरेको जातीय एवम् लैङ्गिक विभेदको कथामा नाटक तयार पारिएको छ ।

उमेश सुनामको कथा रहेको नाटकलाई सङ्गीत सापकोटाले निर्देशन गरेका छन् । सामान्यतया २४ घण्टामा १२ घण्टा हामीले जिउने दैनिक समय हो । यस नाटकले दुई वटा पात्रमा केन्द्रित रहेर समय चक्रमा आफ्नो कथा देखाएको छ ।

नाटक, कला र साहित्य हाम्रो समाजको ऐना हो । जसले हाम्रो समाजको यथार्थ चित्रण गर्दछ । नाटक ‘२४ मा १२’ मा हाम्रो समाजमा विभेदको सिकार हुँदै आएका दुई वटा पाटोलाई केलाइएको छ । यस नाटक मार्फत हाम्रो समाजमा घट्ने लैङ्गिक र जातीय विभेदलाई सरल तरिकाले चित्रण गर्ने प्रयास गरिएको छ ।

राज न्यौपाने, आलोक थामी, प्रमीला खनाल, अस्मिता खनाल लगायतका कलाकारहरूले अभिनय गरेको नाटक यही असोज ९ गते आइतबार सम्म मञ्चन हुने छ । नाटक भाद्र १७ गतेदेखि मञ्चन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *