लाेसपाले गठन गर्‍याे एमालेसँग वार्ता गर्न कार्यदल

काठमाडाैँ । लाेकतान्त्रिक समाजवादी पार्टी लाेसपाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका विचार मिल्ने दलसँग तालमेल गर्न वार्ता टाेली गठन गरेकाे छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महताेकाे नेतृत्वमा गठित टाेलीमा नेताहरू शरतसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्र नाथ शुक्ल, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनल छन् ।

नेकपा एमालेलगायतका अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्न समिति गठन गरिएको पार्टी अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि प्रमुख सचेतक उमाशंकर अरगरियाको नेतृत्वमा अन्य दलसँग सहकार्य गर्न लोसपाले समिति गठन गरेको थियो । तर वार्ता टोलीका संयोजक अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएपछि लोसपाले महतोको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *