गोरखामा ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु

पोखरा । गोरखामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अजिरकोट गाउँपालिका २ वलाङमा ग १ त ४५७४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक छोप्राकका विक्रम श्रेष्ठको मृत्यु भएको हो ।

सिमेण्ट बोकेर जाँदै गरेको ट्र्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो । राती दुर्घटना भएकोमा उनको शव शुक्रबार च्यापिएको अवस्थामा निकालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *