सुर्खेतका वन अधिकृत दाहालसहित ७ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर

सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल र सहायक वन अधिकृत टेकबहादुर रावलविरुद्ध मुद्दा दायर भएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा विवरण पेश गरि रकम भुक्तानी दिनेरलिने वन अधिृकत दाहालसहति ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ र ४ स्थित राजकाँडा कोटेश्वर दरबार निर्माण योजनामा झुट्टा नापी किताब, मूल्याङ्कन बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी गराई वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको देखाई चार लाख ३६ हजार ७२२ रुपैयाँ बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारमा उजुरी परेको छ।

आयोगका अनुसार उनिहरुले नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको पुष्टि हुन आएकोले निजहरुले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ) र (ङ)द्वारा परिभाषित कसुर भएकोले गोविन्दप्रसाद दाहाल र टेकबहादुर रावलउपर बिगो चार लाख ३६ हजार ७२२ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा ९१० बमोजिम कैद र जरिवाना हुन मागदाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *