इंग्ल्यान्डमाथि पाकिस्तानको कीर्तिमानी जित

काठमाडौँ । पाकिस्तानले इङल्याण्डलाई १० विकेटले पराजित गरेको छ । जारी टी-२० सिरिज अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानले इङल्याण्डलाई १० विकेटले पराजित गरेको हो ।

इङल्याण्डले दिएको २०० रनको लक्ष्य पछाएको पाकिस्तानले १९.३ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ११० रन अविजित बनाएका थिए भने मोहमद रिजवानले अविजित ८८ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १९९ रन बनाएको थियो । पाकिस्तान टूरमा आएको इङल्याण्डले खेल्ने ७ सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ । अब सिरिजको तेस्रो खेल आजै हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *