कास्कीदेखि मुक्तिनाथ जोड्न विश्वकै लामो केवलकार निर्माण हुँदै, इआइएको बाटो खुल्यो

पोखरा । विश्वकै सबैभन्दा लामो केवलकारका रूपमा दावी गरिएको कास्कीको बीरेठाँटीदेखि म्याग्दी हुँदै मुस्ताङको मुक्तिनाथ जोड्ने केवलकारको वातावरणीय प्रभाव मूल्याङ्कन इआइए गर्ने बाटो खुलेको छ । सरकारले उक्त अध्ययनका लागि बाटो खोलिदिएको हो । वन तथा वातावरण मन्त्रालयले इआइएका लागि क्षेत्र निर्धारण ९स्कोप० र कार्यगत सर्त [टिओआर] स्वीकृत गरेको छ ।

योसँगै लगानी बोर्डसँग सम्झौता गर्न पनि खुला भएको छ । कम्पनीले ६ महिनाभित्रमा इआइए गरिसक्नुपर्छ । करिव ५४ अर्ब लागत अनुमान गरिएको केवलकारमा नेपाल इन्फास्ट्रक्चर बैंक [निफ्रा] सँगै ७ बैंक तथा वित्तीय संस्थाले लगानी गर्न तयार भएका छन् । डीपीआरको समयमा उक्त लगानी ५१ अर्ब प्रस्ताव गरिएको थियो । तर डलरको भाउ र बजारभाउको महँगीका कारण लगानी थप्नुपर्ने देखिएको छ । केवलकारको डीपीआर तयार पारी अघिल्लो वर्षको कात्तिकमा लगानी बोर्डलाई बुझाएको थियो ।

डीपीआरअनुसार निर्माण शुरू भएपछि ४३ महिनाभित्र काम सकेर सञ्चालन गर्ने लक्ष्य छ । निर्माणका लागि करिब ४४ अर्ब ऋण लगानी गर्ने र १० अर्व स्वपुँजी जुटाइने छ । केवलकारको शुरूदेखि अन्त्यसम्म १९ वटा स्टेसन बनाइने छ । तिमध्ये ८ वटामा अनिवार्य ओर्लिनुपर्छ । केवलकारको लम्बाई ८१ किलोमिटर हुने छ । बीरेठाँटीबाट सुरु हुने केवलकारको दोश्रो स्टेसन घोडेपानीमा हुने छ । यसको लम्बाइ १३.३१ किलोमिटर छ ।

तेश्रो स्टेसन तातोपानीमा रहन्छ, जुन १२.७३ किलोमिटर लामो छ । चौंथो स्टेसन १६.४४ किलोमिटर दूरी पार गरेर लेते पुग्ने छ । पाँचौं स्टेसनको लम्बाई २३.९२ किलोमिटर पर जोमसोममा हुने छ । यही सबैभन्दा लामो दूरी हो । छैटौं स्थेसन कागबेनीमा रहन्छ, जसको लम्बाई ८.२४ किलोमिटर र सातौं स्टेसन मुक्तिनाथमा हुन्छ । यसको दूरी ९ किलोमिटरभन्दा बढी छ । केवलबार सञ्चालनका लागि १३ मेगावाट बिजुली खपत हुने अनुमान छ भने वर्षभरीमा ३६ लाख व्यक्तिले यात्रा गर्ने दावी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *