श्रीमतीको हत्या गरेर फरार भएका युवक पक्राउ

काठमाडौँ । कैलालीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । उनी जिल्लाको गौरीगंगा नगरपालिकामा श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका थिए ।

गौरीगंगा-५ बस्ने शेरबहादुर नामजाली मगरले श्रीमती ललिता नामजाली मगरको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । आज बिहान घटना घटाइ फरार रहेका उनलाई गाउँबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनले आफ्नी श्रीमती ललिता नामजाली मगरको हत्या र आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका थिए । लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *