जनकपुरधाममा राष्ट्रपतिको पुत्ला दहन, लोसपाद्वारा चक्काजाम

जनकपुरधाम।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)द्वारा जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

जसपाका नेता/कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुत्ला नै जलाएका छन् । नागरिकता विधेयक हस्ताक्षर नगरेको र विधेयकलाई फेल गराएको भन्दै जसपाका नेता/कार्यकर्ताले स्थानीय जनक चोकमा पुत्ला जलाएका हुन् ।

त्यस क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै लोसपाद्वारा जनकपुरमा चक्काजाम गरिएको छ ।

लोसपाका नेता/कार्यकर्ताले स्थानीय पिडारी चोकमा केही बेर चक्काजाम गरेका छन् । नागरिकता विधेयक प्रमाणित नगर्नु राष्ट्रपतिको असंवैधानिक कदम भएको भन्दै मधेशका अन्य जिल्लामा पनि प्रदर्शन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *