सञ्चार उद्यमी सिंहानियाँ हत्या प्रकरण : सञ्जय ‘टकला’लाई जन्मकैदको फैसला उच्च अदालतद्वारा सदर

जनकपुरधाम । जनकपुरधामका सञ्चार उद्यमी अरुण सिंघानिया हत्या गर्नेलाई धनुषा जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले सदर गरेको छ । जिल्ला अदालतले हत्याका मुख्य योजनाकार सञ्जय कुमार साह ‘टकला’ लाई सुनाएको जन्मकैदको फैसलालाई सदर गरेको छ ।

उच्च अदालतमा एक सातादेखि चलेको बहसपछि बुधबार उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला सुनाएको उच्च अदालत जनकपुरका राजिष्टा«र खडगराज अधिकारीले जानकारी दिएका छन् ।

न्यायधीशद्वय प्रमोद कुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्लाको फैसलालाई नै सदर हुने गरी आदेश दिइएको छ ।जनकपुर टुडेका सञ्चार उद्यमी सिंघानियाको २०६६ साल फागुन १७ गते होलीको दिन गोली हानेर हत्या भएको थियो ।

सो मुद्दामा २०७६ साल असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी सञ्जय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै २०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *