संस्थागत विद्यालयको शुल्क वृद्धि फिर्ता गर्न माग

चितवन । भरतपुर महानगरपालिकाका संस्थागत विद्यालयहरुले हालै गरेको २० प्रतिशत शुल्क वृद्धिको तीव्ररुपमा विरोध भइरहेको छ । अखिल (क्रान्तिकारी) भरतपुरले शुल्कवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अखिल (क्रान्तिकारी) भरतपुर महानगरपालिकाका संयोजक पिङगलराज पन्तद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा गरिब अभिभावकको ढाड सेक्ने गरी गरिएको २० प्रतिशत शूल्क वृद्धि फिर्ता गर्न माग गरिएको हो ।

निजी विद्यालयहरुलाई व्यापारिक केन्द्रको रुपमा विकास भएको भन्दै अखिल (क्रान्तिकारी) भरतपुरले शूल्क वृद्धि फिर्ता नभए चरणबद्ध अन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

कोभिड–१९ को चपेटामा परेर सबै व्यवसाय एवं अर्थतन्त्र नै धरासयी बनेको वर्तमान अवस्थामा विद्यार्थीहरुबाट शुल्क असुल्ने कार्य स्वीकार्य नहुने जारी विज्ञप्मिा उल्लेख गरिएको छ ।

साथै भरतपुर महानगरपालिकाको शिक्षा शाखालाई चर्को शुल्क असुल्ने निजी संस्थागत विद्यालयहरुलाई कारबाहीको दायारामा ल्याउन ध्यानाकर्षण गरिएको छ ।

वर्तमान समयमा कोभिड–१९ को प्राभव र अन्तर्राष्ट्रिय रूपमा देखिएको आर्थिक मन्दी र मूल्यवृद्धिले आम जनता अभिभावक चरम समस्यामा परेको समयमा शुल्क वृद्धि उपयुक्त नभएको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *