लोकतन्त्रको डुंगामा प्वाल पार्नु चिन्ताजनक : बाबुराम

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् ।
संसद्का दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाइएको विधेयक प्रमाणीकरण नभएपछि भट्टराईको यस्तो धारणा आएको हो । उनले सदनबाट २/२ पटक पारित गरेर विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आलटाल गरेको, प्रधानन्यायाधीश महाभियोगमा परेको र दलहरू नै आसेपासे पोस्न बैंक ब्याजदर बढाउन लाग्नु गम्भीर भएको उल्लेख गरेका छन् ।
इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ!राष्ट्रपतिले संसदबाट२/२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु,प्रधानन्यायाधीस महाभियोगमा पर्नु,दलहरू आसेपासे पोस्न लाग्नु,बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्!सबै जिम्मेवार बनौं!
— Baburam Bhattarai (@brb1954) September 20, 2022








