थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ३५ पिसिआर परीक्षणका क्रममा ३९ जना र १ हजार ९ सय ७७ एन्टीजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १ सय ६० संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा १ हजार ६ सय १९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *