रुकुम पश्चिम : क्षतविक्षत अवस्थामा बालकको शव फेला

रुकुम । रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा फेला परेको छ । आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमकाअनुसार उक्त बालकको शव गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको रहेको छ । वियजको शव घर नजिकैको मकै बारीमा फेला परेको हो । विजयकी आमा मकै बारीमा गएका बेला शव देखेकी थिइन् । बालकको शव बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ  । स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक राजीव श्रेष्ठले हाल बालकको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको जानकरी दिए । निरीक्षक श्रेष्ठकाअनुसार पोस्टमार्टमको रिपोर्ट आइनसेको र घटनाका विषयमा प्रहरीले थप अनुसन्धान जारी रहेको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *