महारानी एलिजाबेथ : अन्तिम बिदाइअघि ब्रिटेनले नबिर्सिने ती १० दिन

बीबीसी । सेप्टेम्बर ८ मा ब्रिटिश नागरिकहरूले महारानी एलिजाबेथ द्वितीयाको स्कटल्यान्डस्थित निवास बाल्मोरलमा निधन भएको दुःखद खबर थाहा पाए ।

उनी ब्रिटिश इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी थिइन् । यूकेभरि मानिसहरूले विभिन्न तरिकाले दिवङ्गत महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

सयौँ घोडाहरू महारानीको अन्तिम संस्कारका लागि विन्ड्सर र वेस्टमिन्स्टरमा कैयौँ पूर्वाभ्यासमा सहभागी भए । हजारौँ शोकाकुल मानिसहरूले लामबद्ध भएर महारानी एलिजाबेथ द्वितीयाप्रति सम्मान व्यक्त गरेका थिए । उनको शवपेटिका सेप्टेम्बर १४ देखि १९ को बिहानसम्म वेस्टमिन्स्टर हलमा राखिएको थियो ।

राजा चार्ल्स र प्रिन्स अफ वेल्स महारानीप्रति अन्तिम श्रद्धाञ्जलि दिने लामबद्ध भएर बसेका मानिसहरूलाई अप्रत्याशित रूपमा भेट्न गएका थिए । महारानीको शवपेटिकामाथि द इम्पिरिअल स्टेट क्राउन राखिएको छ । उक्त मुकुट झन्डै ३,००० वटा पत्थर जडान गरिएको छन् । तीमध्ये २,८६८ वटा हीरा, २७३ वटा मोती, १७ वटा नीलम, ११ वटा पन्ना र पाँचवटा रुबी छन् ।

सन् १९३७ मा महारानीका बुवा राजा जोर्ज छैटौँको राज्यारोहणका बेला उक्त मुकुट बनाइएको थियो । त्यो हलुका र राम्रोसँग अडिनेगरी बनाइएको थियो। त्यसबेला विस्थापित भएको श्रीपेच महारानी भिक्टोरियाको पालाको थियो । महारानीको शवपेटिका बकिङ्गम दरबारमाट शवयात्रा गर्दै वेस्टमिन्स्टर हलमा लगियो ।

राजा चार्ल्स, उनका छोराहरू विलियम र ह्यारी र राजपरिवारका सदस्यहरू शवयात्रामा सहभागी भएका थिए । सेप्टेम्बर ९ शुक्रवारका दिन चार्ल्स तृतीय र क्वीन कन्सोर्ट बाल्मोरलबाट लन्डन फर्किए । महारानीको निधनपछि पहिलो पटक उनीहरू बकिङ्गम दरबार प्रवेश गरे ।

स्कटल्यान्डभरि हजारौँ मानिसहरूले सडकमा भेला भएर दक्षिणतर्फ लैजान लागिएको महारानीको शवपेटिकामा श्रद्धाञ्जलि दिएका थिए । महारानीको निधन लन्डनमा नभईकन स्कटल्यान्डमा भएकाले ‘अपरेशन यूनिकर्न’ नाम दिइएको विभिन्न घटनाहरूको शृङ्खला सिर्जना भयो ।

महारानीको राजकीय अन्तिम संस्कारको तयारी गर्नका लागि स्कटिश संसद् स्थगित गरेर उक्त शृङ्खला सुरु भयो । त्यसपछि महारानीको पार्थिम शरीरलाई बाल्मोरलबाट प्यालेस अफ होलिरूडहाउसमा सारियो । नयाँ राजा र क्वीन कन्टोर्स घोषणालगत्तै बाल्मोरलमा बसे। उनीहरूको त्यसको भोलिपल्ट लन्डन फर्किए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *