गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको मृत्यु

काठमाडौं। काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका लाल मोहम्मल दर्जीको मृत्यु भएको छ । सोमबार साँझ गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएके छ । पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेर फरार भएका छन् ।

गोली लागेर सर्लाही गोडैटा नगरपालिका २ मुस्लिम टोलका दर्जी घाइते भएका थिए। मधेसी मूलका देखिने दुई जनाले गोली प्रहार गरेर फरार भएको खुलेको छ।

कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली चलेको हो। अहिले प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको छ। एसएसपपी भरत बोहराले आफू अहिले घटनाकै अप्रेसनमा रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =