काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते

काठमाडौं। काठमाडौंको गोठाटारमा गोली लागेर एक जना घाइते भएका छन्। पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेर फरार भएका हुन् ।

गोली लागेर सर्लाही गोडैटा नगरपालिका २ मुस्लिम टोलका लाल मोहम्मल दर्जी घाइते भएको प्रहरीले जनाएको छ। मधेसी मूलका देखिने दुई जनाले गोली प्रहार गरेर फरार भएको खुलेको छ।

कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली चलेको हो। अहिले प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको छ। एसएसपपी भरत बोहराले आफू अहिले घटनाकै अप्रेसनमा रहेको बताए । घाइतेलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =