१५ दिन पुग्दा पनि नागरिकता विधेयक प्रमाणीकरण नभएपछि प्रधानमन्त्री राष्ट्रपति निवासमा
२०७९ असोज ३ गते

फाइल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । उनी सत्ता गठबन्धनका शीर्ष नेताहरूसहित राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीलत निवास पुगेका हुन् ।
नागरिकता विधेयक १५ दिन पुग्दा पनि प्रमाणीकरण नगरेपछि प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता राष्ट्रपति निवास पुगेका हुन् । संघीय संसदका दुवै सदनबाट पास भएर गएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी छैनन्।
दोस्रो पटक पारित भएर आएपछि १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि साे बारेमा छलफल गर्न गठबन्धनका नेताहरू शीतल निवास पुगेका हुन् ।
संघीय संसद सचिवालयले भदौ २० गते राष्ट्रपति कार्यालयमा विधेयक प्रमाणीकरणका लागि दर्ता गराएको थियो । यो हिसाबले आज १५ दिन पुगेको संसद सचिवालयको हिसाब छ ।
२०७९ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित








