टीभीएसद्वारा सुर्खेत क्षेत्रमा ३५ जना राइडरका साथमा एओजी राइड

काठमाडाैँ । दुई पांग्रे सवारी साधन कम्पनी टीभीएसले सुर्खेत जिल्लामा ग्राहक लक्षित आपाचे ओनर ग्रुप (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ ।
सुर्खेत देखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यूसम्म आयोजित उक्त राइड अन्तर्गत ३५ जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए । कार्यक्रम अन्तर्गत राइडमा, भ्लगर प्रज्वल बस्नेत र रुपेश विक लगायतको सहभागीता थियो । उनीहरुले सुर्खेतमा टिभिएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे ।
उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए । टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगडीमा सम्पन्न गरिसकेको छ। यो अभियानमा सहभागीहरुले यसलाई मनपराएको पाइएको छ ।
यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएकाे कम्पनीकाे दाबी छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू-ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।








