राष्ट्रिय मानवअधिकार आयोगको टोली चोलेन्द्रलाई भेट्न बालुवाटार पुग्यो

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले राणाको निवासमा बालुवाटार पुगेको छ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगरसहितको टोली पुगेको हो ।

जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो।

प्रधानन्यायाधीश राणा आइतबार सर्वोच्च अदालत जाने बताएका थिए। उनले सर्वोच्च प्रशासनलाई समेत आफू आउने भन्दै तयारी गर्न आग्रह गरेका थिए।

तर, नेपाल बार एशोसियसनले भने चोलेन्द्र आउने भनेपछि गेटबाटै भित्र जान नदिने निर्णय ने गरेको थियो।

सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी उनको निवासमा खटाएको छ र उनलाई घरबाट बाहिर निस्कन दिएको छैन।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =