राप्रपाले समानुपातिक उम्मेदवारको बन्दसूची भोलि बुझाउने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउने भएको छ।

राप्रपाले पदाधिकारी र संसदीय समितिको बैठकबाट उम्मेदवारको टुंगो लगाएर सोमबार बन्दसूची बुझाउने भएको हो।

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवार चयनका लागि आइतबार राप्रापा पदाधिकारी र संसदीय समितिको संयुक्त बैठक बस्दैछ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बेलुकी ५ बजे बस्ने बैठकबाट उम्मेदवारको टुंगो लगाइने बताए।

आयोगले राजनीतिक दलहरुलाई आइतबार र सोमबार गरी दुई दिन समानुपातिक निर्वाचान प्रणालीतर्फको बन्दसूची बुझाउन भनेको छ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका–२०७९ मा गरिएको व्यवस्था बमोजिम दलहरुले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ बढीमा ११० र कम्तीमा ११ जना उम्मेदवारको नाम सूचीकृत गरेर आयोगसमक्ष बुझाउनुपर्दछ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =