बार्सिलोनाले इल्चेलाई हरायो

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एल्चेविरुद्ध शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका छन् भने मेम्फिस डिपेले एक गोल गरेका थिए । यस खेलको १४औं मिनेटमा गोन्जालो भेर्दुले रातो कार्ड पाएपछि एल्चे १० खेलाडीमा सिमित भएको थियो ।

बार्सिलोनाको यस सिजनमा यो पाँचौं जित हो । यो जितपछि बार्सिलोनाको ६ खेलमा ५ जित र एक बराबरीसहित १६ अंक हासिल गरेको छ । त्यस्तै एल्चेको भने यस सिजनमा पाँचौं हार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *