महाअभियोगबारे निश्कर्ष लेख्ने जिम्मा रामबहादुर विष्टलाई दिइयो

काठमाडौँ । महाअभियोगबारे निश्कर्ष लेख्ने जिम्मा दिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगका विषयमा निश्कर्ष लेख्ने जिम्मा महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले पाएका छन् ।

शनिबार दिउँसो सुरु भएको बैठकमा चोलेन्द्रलाई महाअभियोग लगाउने वा नलगाउने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच विवाद भएको थियो ।

त्यसपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्यलाई प्रतिवेदनको निश्कर्ष लेख्ने जिम्मा दिइएको छ ।

सभापतिले दिएको निश्कर्षमा सबै सदस्यको चित्त बुझेमा एकमतले पारित गरिने र चित्त नबुझेमा पुनः छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =