जबरालाई महाअभियोग लाग्ने कि नलाग्ने ठहर गर्न बैठक

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक शुरु भएको छ । यो बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने वा नलगाउने निर्णय गर्ने भएको हो ।

शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरुलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो । बैठकले उक्त प्रतिवेदनलाई अन्तिम रुप दिनेछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल सकिने भनेकाले सिफारिस समितिले आजै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =