प्रचण्डले ओलीलाई सोधे : ‘संविधानको मर्म विपरित प्रतिनिधिसधा विघटन गर्ने काम प्रतिगमन नभएर के हो?’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको भावना विपरित प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन भएको बताएका छन्। प्रतिनिधिसभा बैठक सम्बोधन गर्दै उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो बताएका हुन्।
उनले भने, ‘प्रतिपक्षी दलका नेताले प्रतिगमनको व्यख्या गर्नु भयो प्रतिनिधिसधा विघटन गर्ने काम प्रतिगमन नभएर के हो ?’
‘संविधानमा हुँदै नभएको अधिकार सदन भित्रबाट अर्को सरकार बन्ने सम्म्भावना भएसम्म सदन विघटन गर्न पाइदैन भनेर हामी सबैले सचेत रुपमा संविधानमा व्यवस्था गरेको होइन?,’ प्रश्न गर्दै प्रचण्डले भने, ‘अनि सरकार बनाउने अर्को सम्भावना हुँदा हुँदै संविधानको मर्म, भावना, लोकतन्त्रको मान्यता विपरित सरकारको नेतृत्व गरेको दलभित्र बैठक बस्दाबस्दै तयसभित्र चर्चा पनि नगरिकन हठात् संविधानको भावना विपरित प्रतिनिधिसधा विघटन गर्ने काम प्रतिगमन नभएर के हो?’
उनले संविधानले गरेको निर्देशअनुसार स्थायित्व र समृद्धिको यात्रामा अगाडि बढ्ने अपेक्षा गरिए पनि जान नसकिएको बताए।








