कमल संघर्षकाे बहुप्रतिक्षित गजलसंग्रह खुडीकाे विमोचन शनिवार

काठमाडौँ । गजलकार कमल संघर्षकाे बहुप्रतिक्षित गजलसंग्रह खुडीकाे विमोचन शनिवार (भोलि) हुने भएको छ ।

दिउँसो २ बजे नेपाल प्रज्ञाप्रतिष्ठानकाे लेखनाथ हलमा हुने विमोचन कार्यक्रममा आख्यानकार अमर न्यौपाने, गजलकार शीतल कादम्बिनी, गजलकार करुण थापा र गजल अध्येता डा. दीपक कुमार खड्का वक्ताका रूपमा रहने प्रकाशक शिखा बुक्सले जनाएको छ ।

कमल संघर्षकाे गजलसंग्रह खुडी । तस्वीरः शिखा बुक्स

संघर्ष नेपाली गजलका चर्चित सृष्टा मानिन्छन् । अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय उनका कैफियत (संयुक्त गजलसंग्रह), सडक (एकल) गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन् ।

खुडी अछामी भाषाको शब्द हो । जसको अर्थ पिँजडा भन्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *