ओलीको अहंकारले संसद्को कार्यकाल सन्तोषजनक भएन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद्को कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन् ।

शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जनताका मुद्दा स्थापित गर्न र मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन संसद्को कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका हुन् । २०७४ सालको निर्वाचन पनि जस्तो सोचिएको थियो, त्यस्तो संसद्को पाँच बर्से कार्यकाल हुन नसकेको उनको भनाई छ ।

उनले केपी ओलीको व्यक्तिवादी चरित्र र अहंकारका कारण मुलुक अन्योलको बाटोमा गएको आरोप लगाए । संसद् भंगको विरुद्ध आन्दोलन नगरेको भए मुलुक यसअघि नै तानाशाही शासनमा जाने खतरा पैदा भएको उनेका भनाई छ । उनले मुलुकको विकास र सुशासनका हिसाबले पनि विगतको पाँच वर्ष खराब भएको जिकिर गरे ।

त्यस्तै माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले कानुन निर्माण गर्ने कुरामा संसद्का पाँच बर्से कार्यकाल सफल भएको बताए । उनले पक्ष विपक्ष हुनु संसदीय व्यवस्था नै भएकाले संसद्ले सहमति कायम गर्दै छलफल अघि बढाउन सफल भएको बताए ।

त्यस्तै कांग्रेस सांसद सुजाता कोइरालाले पनि संसद्का पाँच बर्से कार्यकालमा महत्त्वपूर्ण निर्णय भएको र केही विवाद भए पनि संसद् सफल भएको बताए ।

कोइरालाले संसद्बाट धेरै कुरा सिक्ने मौका पाएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =