काठमाडौँ महानगरले हटायाे बानेश्वर क्षेत्रका अवैध संरचना
२०७९ भदौ ३१ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ ।
यसअघि सूचना दिँदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रवार डोजर लगाएर नै हटाइएको महानगरले जनाएको छ । सो क्रममा नक्सा पास नभएका संरचना पनि महानगरले भत्काएको छ भने पार्किङ उल्लेख गरेर नक्सापास गरे पनि अन्य प्रयोजन भएका स्थानमा पनि डोजर लगाएको छ ।
डोजर लगाउने क्रममा केही घरधनीहरूले विरोध गरेका थिए । महानगरपालिकाले काठमाडौँका विभिन्न स्थानमा निरन्तर रूपमा अनधिकृत संरचना हटाउँदै आएको छ ।
२०७९ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








