सुनको भाउ घट्यो, चाँदीको बढ्यो
२०७९ भदौ ३० गते

फाइल तस्बिर
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा आइपुगेको छ।
बिहीबार चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको छ।
२०७९ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित








