जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर । २५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका ७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ललितले ती महिलालाई गत आइतबार उनकै डेराकोठामा गई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =