पश्चिमी क्षेत्रका नदीमा तीन दिन बाढीको सम्भावना, कुन-कुन जिल्ला उच्च जोखिममा छन् ?
२०७९ भदौ ३० गते

काठमाडौँ । पश्चिमी क्षेत्रका नदीमा तीन दिन बाढीको सम्भावना रहेको छ । अबको तीन दिन पश्चिमी क्षेत्रका नदीमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।
नदी तटीय क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।
महाशाखाका अनुसार गुल्मी, प्युठान, बाग्लुङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीमा उच्च जोखिम छ ।


२०७९ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित








