कोरोना बीमाको दाबी भुक्तानी ११ अर्ब बाँकी, सरकाले दियो मात्र १ अर्ब
२०७९ भदौ २९ गते

काठमाडौँ । बाँकी रहेको कोरोना बीमा भुक्तानीका लागि सरकारले १ अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ ।
सरकारले आफूले तिर्नुपर्ने रकम नदिएको भन्दै ०७७ चैत देखि बीमा कम्पनीले कोरोना बिमाको भुक्तानी रोकेका थिए । बीमा समितिका अनुसार अहिले कोरोना बिमाबापत कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
गत साता बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना बीमामा सरकारले तिर्नुपर्ने दायित्वमध्ये १ करोड रुपैयाँ निकासा दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । भुक्तानी गर्न बाँकी रहेकोमध्ये सरकारको दायित्वअन्तर्गत भने करिब साढे ११ अर्ब रुपैयाँ छ ।
अहिले करिब १ लाख ११ हजार ९ सय बिमितले भुक्तानी पाउन बाँकी छ । बीमा समितिले कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताउँदै आएका छन् ।
२०७९ भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित








